Aafno Khabar

भारतको महाराष्ट्रमा संसद भवनभित्र कुटाकुट, भाजपाका १२ सांसद निलम्बित

  • आफ्नो खबर
  • July 5, 2021 प्रकाशित

काठमाडौं । भारतको महाराष्ट्रको विधानसभामा सोमबार हंगामा भएकाे छ । साेमबारदेखि सुरु भएकाे मनसुन सत्रमा पहिलाे दिन नै कुटाकुट भएको हाे ।

यसअघि भाजपा सांसदहरुले निकाय चुनाबमा आरक्षण, विधानसभा अध्यक्षको चुनाब छिटो गर्नुपर्ने, एमपीएससी परीक्षाको लागि समिति गठन गर्नुपर्ने, मराठा आक्षण र किसानका विषयलाई लिएर प्रदर्शन गरेका थिए ।

विधानसभा भवनको सिढीमा बसेर भाजपा विधायकहरु नाराबाजी गरिरहे र करिब आधा घण्टा ढिलो गरेर भित्र पसे । भवनभित्र पसेपछि पनि भाजपा सांसदहरुको नाराबाजी जारी थियो । यही क्रममा उनीहरु कार्यकारी विधानसभा अध्यक्ष भास्कर जाधवको अगाडि सत्तापक्षका केही सांसदहरुसँग लड्न थाले । विवाद यतिसम्म बढ्यो कि मार्शल (सुरक्षाकर्मी) बोलाइयो । यी विधायकले विधानसभा अध्यक्षसँग पनि धक्कामुक्की गरेको आरोप लगाइएकाे छ ।

बैठकमा यो विषयलाई लिएर अध्यक्ष जाधवले असन्तुष्टि जनाए र संसदीय कार्य मन्त्री अनिल परबले १२ जना भाजपा सांसदलाई निलम्बन गर्ने प्रस्ताव पेश गरे । यो प्रस्ताव बहुमतले पारित भयो र भाजपाका १२ जना विधायकलाई एक वर्षको लागि निलम्बित गरिएकाे छ ।