काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन तेस्रो साता गर्न प्रस्ताव गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग कक्षा १२ को परीक्षा सञ्चालनका लागि अनुमति मागेको बोर्डले जनाएकाे छ । गएकाे जेठ २६ गतेका लागि निर्धारण भएकाे परीक्षा कोभिड–१९ महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो ।
साउन दोस्रो सातापछि कोभिड–१९ संक्रमण कम हुने र परीक्षा सञ्चालन गर्न सकिने बोर्डका अधिकारीहरूले यसअघि बताउँदै आइरहेका छन् । काठमाडौं उपत्यकामा २२ असारदेखि २५ जनासम्मलाई एकै ठाउँमा राखेर परीक्षा सञ्चालन गर्न पाइने भएकाे छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।