काठमाडाैं । युरो कपको प्रि-क्वाटर फाइनलमा स्पेन र क्राेएसियाबीचकाे खेल निकै राेमाञ्चक बनेकाे थियाे । साेमबार राति भएको खेलमा स्पेनले क्रोएसियामाथि जित निनकाल्न सफल भयाे । डेनमार्कको कोपेनहेगनस्थित पार्केन स्टेडियममा भएको खेलमा स्पेनले क्रोएसियामाथि ५-३ गोल अन्तरकाे जित निकालेकाे हाे ।
पहिलो हाफको २० औँ मिनेटमा स्पेनको आत्मघाती गोलमार्फत क्रोएसियाले अग्रता लिएको थियो । मैदानको बीच भागबाट पेड्रीले दिएको पासलाई गोलकिपर उनाई सिमोनले नियन्त्रण गर्न नसक्दा गोल हुन पुग्याे । ३८ औँ मिनेटमा पाब्लो साराबियाले गोल गरी खेललाई बराबरीमा पुर्याए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा स्पेन र क्रोएसियाले दुई–दुई गोल गरे। ५७ औँ मिनेटमा सेजार अपिलिक्वेताले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको ७७ औँ मिनेटमा फेर्रान टोरेसले गोल गरी अन्तर बढाउन सफल भए । तर ८५ औँ मिनेटमा क्रोएसियाका मिस्लाभ ओर्सिक र अतिरिक्त समयमा मारियो पसालिकले गोल फर्काएर खेल पुन : बराबरीमा पुर्याए । दोस्रो हाफको खेल ३-३ को बराबरीमा सकिएको थियो ।
त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा स्पेनले २ गोल गर्यो । १०० औँ मिनेटमा अल्भारो मोराटाले र १०३ औँ मिनेटमा मिकेल ओयारजाबलले गोल गरे र ५–३ काे जित निकाल्न सफल भए । त्यसपछि भने क्राेएसियाले गाेल गर्न सकेन ।