Aafno Khabar

चुम्बन गरेकाे दृश्य बाहिरिएपछि बेलायतका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

  • आफ्नो खबर
  • June 27, 2021 प्रकाशित

आफ्नी श्रीमती मार्थासँग हैनकेक । तस्बिर : द सन

काठमाडाैं । बेलायतका स्वास्थ्यमन्त्री मैट हैनककले राजीनामा दिएका छन् । आफ्नी सहयोगी जिना कोलाडंगेलोसँग कार्यालयमै चुम्बन गरेको दृश्य बाहिरिएपछि हैनककले राजीनामा दिएका हुन् ।

कोरोना महामारीका बेला सामाजिक दुरी कायम गर्नुपर्नेमा उनले उक्त नियम तोडेको आरोपमा पदबाट राजीनामा दिन माग गरिएको थियो । उनकाे राजीनामा माग गरिएपछि हैनकेकले प्रधानमन्त्री बोरिस जोनसन्लाई राजीनामा बुझाएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

४२ वर्षे हैनकक विवाहित हुन् । हैनकेकसँग अफेयरमा रहेको बताइएकी जिना पनि विवाहित नै हुन् । यो घटना बाहिरिएपछि जिनाले पनि आफ्नो पदबाट राजीनामा दिएकी छिन् । जिनालाई हैनकेकले नै आफ्नो कार्यालयमा नियुक्ति दिएका थिए ।