काठमाडाैं । युरोकप फुटबलमा वेल्स र स्विजरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् । शनिबार भएको खेलमा वेल्स र स्विजरल्याण्डले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
बकु ओलम्पिक स्टेडियममा स्विजरल्याण्डका लागि ब्रेल इम्बोलोले एक र वेल्सका किफेर मोरेले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा स्विजरल्याण्डले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ४९ औं मिनेटमा इम्बोलोले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । तर, खेलको ७४ औं मिनेटमा मोरेले हेडरमार्फत गोल फर्काएका थिए । यस्तै, खेलको ८५ औं मिनेटमा स्विजरल्याण्डका मारियोले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट उनी अफसाइट रहदा उनको गोलले मान्यता पाएन ।
त्यसपछि दुवै टाेलीले गाेल गर्न सकेनन् र खेल बराबरीमा राेकियाे ।