Aafno Khabar

चीनमा पहिलाेपटक बर्डफ्लूकाे H10N3 भेरियन्टकाे संक्रमण मानिसमा

  • आफ्नो खबर
  • June 2, 2021 प्रकाशित

काठमाडौं । चीनमा बर्डफ्लूकाे संक्रमण मानिसमा देखिएकाे छ । बर्डफ्लूकाे H10N3 भेरियन्टकाे संक्रमण पहिलाेपटक मानिसमा फेला परेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चीनका ४१ वर्षीय पुरुषमा उक्त संक्रमण पुष्टि भएकाे हाे । चीनको नेशनल हेल्थ कमिसन (एनएचसी)ले मंगलबार दिएको जानकारी अनुसार जेनजियाङ सहरमा बस्ने बर्डफ्लुका संक्रमित गत अप्रिल २८ मा अस्पतालमा भर्ना भएका थिए । त्यसको एक महिनापछि उनमा र्डफ्लूकाे H10N3 संक्रमण भएको पुष्टि भएको थियो ।

उनी अहिले संक्रमणबाट मुक्त भइसकेका छन् । अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ ।

बर्डफ्लूकाे H10N3 भेरियन्ट कहिलेकाँही कुखुराबाट मानिसमा सर्न सक्ने संक्रमण हो र यसको ठूलो संख्यामा फैलिने जोखिम निकै कम भएकाे बताइएकाे छ ।

– अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाे सहयाेगमा ।