Aafno Khabar

सुनकाे मूल्य बढ्याे, यस्तो छ आजकाे मूल्य

  • आफ्नो खबर
  • May 27, 2021 प्रकाशित

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ वृद्धि भएकाे छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

बिहीबार तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने स्थिर रहेकाे छ । बुधबार प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको चाँदीकाे मूल्य बिहीबार पनि कायम छ ।