काठमाडाैं । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानले शनिबार २१ औं जन्मदिन मनाएकी छिन् ।
सन् २००० मे २२ मा सुहानाको जन्म भएको थियो । सुहानाले आफू २१ वर्षमा लागेकाे जानकारीसहित इन्स्टाग्राममा एउटा तस्बिर पोस्ट गरेकी छिन् । जुन निकै भाइरल बनिरहेको छ ।
सुहाना खान सामाजिक सञ्जालमा काेही स्टारभन्दा कम छैनन् । सामाजिक सञ्जालमा उनकाे फलाेअर्स राम्राे रहेका छन् । सामाजिक सञ्जालमा उनकाे उपस्थिति पनि बाक्लाे हुने गरेकाे छ ।
जन्म दिनमा उनकी आमा गाैरी खानले पनि शुभकामना दिएकी छिन् । उनले इन्स्टाग्राम मार्फत नै छाेरी सुहानालाई शुभकामना दिएकी हुन् ।
View this post on Instagram