Aafno Khabar

अर्काे पार्टी खाेल्ने निर्णयमा माधव नेपाल

  • आफ्नो खबर
  • May 23, 2021 प्रकाशित

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु अर्को पार्टी खोल्ने तर्फ लागेको बताएका छन् । आइतबारकाे कान्तिपुर दैनिकले प्रकाशन गरेको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।

पछिल्लो घटनाक्रमपछि पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको उनले बताएका हुन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको कदमपछि अर्को पार्टी खोल्नु स्वभाविक रहेको पनि उनकाे भनाइ रहेकाे छ । ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी लडाइँमा जाने र अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेको उनले बताए ।

एमाले विवाद मिलाउन गठित कार्यदलको औचित्य पनि ओलीले सिध्याइदिएको उनको आरोप छ ।