Aafno Khabar

५ बजेसम्म प्रधानमन्त्रीमा कसैले दाबी नगरे के हुन्छ ?

  • आफ्नो खबर
  • May 21, 2021 प्रकाशित

काठमाडाैं । काेराेना महामारीकाबीच नेपालकाे राजनीति तातेकाे छ । बिहीबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अन्तर्गतको नयाँ सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिमा हलचल मच्चिएकाे हाे ।

काेराेना महामारीबीचमा गत साल पुस ५ गते प्रधानमन्त्रीकाे सिफारिसमा संसद विघटन गरे । त्यसयता नेपालकाे राजनीतिक वृत्तमा नयाँ नयाँ माेडहरु आइरहेका छन् । असंवैधानिक ढंगबाट त्यतिबेला गरिएकाे संसद भंग पुन सर्वाेच्चले पुनर्स्थापित गर्‍याे । यही अवधिमा ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍नेकपा पार्टी पनि अलग भएर पुन: माओवादी केन्द्र र एमाले बन्याे । त्यसपछिका दिनमा पनि नेपालकाे राजनीतिमा नयाँ नयाँ माेडहरु आइरहेका छन् ।

पुन: प्रधानमान्त्री ओलीले संसद विघटनकाे संवैधानिक बाटाे खाेजेका छन् ।

केही दिनअघिमात्र केपी शर्मा ओलीले सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले प्रधानमन्त्री पदमा शपथ लिएका थिए । उनले ३० दिनभित्रमा विश्वासको मत लिनुपर्नेमा त्यसो नगरी सिधै नयाँ सरकार गठनको बाटोमा लागेका छन् ।

संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि राष्ट्रपतिले आह्वान गरेको समय शुक्रबार साँझ ५ बजे सकिन्छ । उक्त समयमा प्रधानमन्त्रीमा दाबी क-कसले गर्छ त ? यतिबेलाकाे चासाेकाे विषय बनेकाे छ । नयाँ प्रधानमन्त्रीका प्रबल दाबेदार जसपा अध्यक्ष महन्थ ठाकुर मानिएको छ । यदि उनले आफूसँग पुग्ने मत छ भनी आधार पेश गरी दाबी गरेमा ठाकुर प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।

यदि उनी प्रधानमन्त्रीमा नियुक्त भएमा उनले महिना दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ठाकुरले विश्वासको मत पाउने आधार नरहेकोले त्यसपछि प्रतिनिधि सभा विघटनकै बाटोमा जानुपर्ने बाध्यता रहन्छ । यदि प्रधानमन्त्रीमा कसैले दाबी पेश नगरे शुक्रबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्न सक्नेछन् ।