काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले निःशुल्क यातायात सेवा सुरु गरेका छन् । कोभिड-१९ संक्रमण भएर आइसोलेसन सेन्टर, अस्पताल र परीक्षण केन्द्र आउन/जानका लागि निःशुल्क यातायात सेवा सुरु गरिएको हो ।
नेता थापाले ट्विटरमार्फत काठमाडौं क्षेत्र नम्बर ४ को नेतृत्वमा निःशुल्क यातायात सेवा सुरु गरेको जानकारी दिए । ९८५१०९६३०३, ९८५१०७२१२९ वा ९८५१०७२१२९ मा सम्पर्क गरेर सहज रुपमा सवारी पाउन सक्ने उनको भनाइ छ । यसकासाथ हटलाइन नम्बर ९८६०३४०५८७ मा एसएमएस पनि गर्न सकिने उनले उल्लेख गरेका छन् ।
काेभिड १९ महामारी नेपालमा तीव्र गतिमा फैलिरहेकाे छ । नेपालमा तीन किसिमकाे काेराेनाकाे भेरियन्ट पाइएकाे र अबका दिनमा अझ संक्रमणकाे खतरा भएकाे पनि स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले बताइसकेकाे छ ।
घरमै आइसोलेसनमा रहनुभएकालाई अस्पताल जानआउन,परीक्षण गर्न वा आइसोलेसन सेन्टर जानको लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ४ को नेतृत्वमा नि:शुल्क यातायात सेवा सुरु गरेका छौँ।
सम्पर्क:कामनपा तर्फ:9851096303
बुनपा तर्फ:9851065256/9851072129
वा हटलाइन नं. 9860340587 मा SMS गर्नु होला। pic.twitter.com/G8xhpqVXH7— Gagan Thapa (@thapagk) May 19, 2021