काठमाडाैं । भारतमा ‘टाैक्टे’ चक्रवातको खतरा बढेको छ ।
हाल यो चक्रवात दक्षिण–पूर्वी र पूर्वी–मध्य अरब सागरमा छ । भारतीय मौसम विभागका अनुसार यो चक्रवाद भारतर्फ अगाडि बढिरहको बीबीसी हिन्दीले उल्लेख गरेकाे छ ।
यो चक्रवात आउँदो सोमबारसम्म जारी रहने अनुमान गरिएकाे छ । चक्रवात १५० देखि १६० किलोमिटर प्रतिघण्टाको गतिमा कुदिरहेकाले यसले विध्वंश मच्चाउने आशंका गरिएको पनि समाचारमा जनाइएकाे छ ।
यसले भारतको गुजरात, केरलामा खतरा उत्पन्न गराउने भएकाले त्यहाँका सतर्क हुन भनिएको छ ।