काठमाडौं । चीनले मङ्गल ग्रहमा आफ्नो यान अवतरण गराएको छ । ६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण भएकाे चिनियाँ अधिकारी उदृत गरी बीबीसीले जनाएको छ ।
चीन मङ्गल ग्रहमा यान अवतरण गराउने दाेस्राे देश बनेकाे छ । यसअघि अमेरिकाले मंगल ग्रहमा आफ्नाे यान पठाइसकेकाे थियाे ।
चीनले तिआन्वेन–१ अभियान अन्तर्गत फेब्रुअरी महिनाकाे पहिलो हप्तामा उक्त यान मङ्गल ग्रहतर्फ पठाएको थियो । मङ्गल ग्रहमा अवतरण भएको रोबर्टको तौल २४० किलोग्राम भएकाे बताइएकाे छ ।
उक्त रोबर्टले सतह र सहतमुनिको भौगर्भिक अध्ययन गर्ने पनि चिनियाँ अधिकारीहरुले बताएका छन् ।
तिआन्वेन–१ मङ्गल ग्रहमा पुग्ने चीनको दोस्रो प्रयास हो । यसअघि सन् २०११ मा रुससँग मिलेर चीनले अगाडि बढाएको अभियान प्रक्षेपण गर्ने क्रममा विफल भएको थियो ।