Aafno Khabar

कण्डमसँग सम्बन्धित फिल्म खेल्न डराएका यी नायिका

  • आफ्नो खबर
  • May 9, 2021 प्रकाशित

काठमाडाैं । बलिउडमा यतिबेला कण्डमसँग सम्बन्धित फिल्म खेल्न डराएका यी २ नायिकाहरुकाे चर्चा भइरहेकाे छ । सारा अलि खान र अनन्या पाण्डेले कन्डमसँग सम्बन्धित फिल्म खेल्न नमानेको खबर बाहिरिएकाे छ ।

चलचित्रमा कण्डम परीक्षकका रुपमा काम गर्न यी दुवैले अप्ठेराे मानेकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतीय यी २ नायिका फिल्ममा काम गर्न डराएपछि नायिका राकुल प्रित सिंहले उक्त भूमिका निभाउने भएकी छिन् । राकुल दक्षिण भारतीय चलचित्रकी चर्चित नायिका हुन् ।

यो चलचित्रमा उनी ‘कन्डम परिक्षक’ बन्ने तयारीमा छिन् । यो चलचित्रको कथावस्तु निकै फरक लागेपछि उनी काम गर्न तयार भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय मिडियाका अनुसार, यसको निर्माणपक्षले नायिका सारा अली खानलाई यो भूमिकाका लागि पहिला अफर गरेको थियो । तर, साराले चलचित्रको कथा निकै बोल्ड भएको भन्दै काम गर्न अस्वीकार गरिन् ।

यसपछि, यसको टिमलाई अर्की नायिका अनन्या पाण्डेलाई अफर गरेको थियो । अनन्याले पनि चलचित्रमा भूमिका निकै बोल्ड भएको र अहिले नै यो भूमिका गर्न सक्ने अवस्था नरहेको बताएकी थिइन् ।

सारा र अनन्याले चलचित्रमा काम गर्न नमानेपछि निर्माण टिमले राकुललाई अफर गरेको हो ।