काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख भन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ४ लाख ३ हजार ७३८ जनामा संक्रमण देखिएको हो ।
यही अवधिमा ४ हजार ९२ जनाको संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अहिले भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३७ लाख ३६ हजार ६४८ पुगेको छ ।
भारतमा हालसम्म २ करोड २२ लाख ९६ हजार ४१४ जनामा संक्रमण पुष्टि भइसकेको छ । २ लाख ४२ हजार ३६२ जनाको मृत्यु भइसकेको तथ्यांक छ ।