काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको आरोप लगाएका छन्।
आज बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै देउवाले सरकारले असाध्यै कम पिसिआर गरे पनि ३७ प्रतिशतमा कोरोना देखिनुले संक्रमण व्यापक फैलिएको देखिने उनको भनाइ छ।
पीसीआर परीक्षण बढाउन र संक्रमितहरुको उपचारका लागि आईसीयू–भेन्टिलेटरसहित बेड व्यवस्था गर्न सभापति देउवाले सरकारसँग माग गरेका छन् । सरकारको लापरवाही र अकर्मण्यताका कारण आईसीयू, भेन्टिलेटर बेडहरुको अभाव हुन थालेको उनको भनाई छ ।
सरकारले चरम लापरवाही देखाएको भन्दै उनले यो सरकारले विगतका गल्तीबाट पाठ नसिकेको र कसैको सुझाव पनि नमानेको बताउनुभयो । सरकार उद्घाटन र भिडभाड तथा तडकभडकमा लागेपछि निषेधाज्ञाको अवस्थामा पुगेको बताउनुभयो ।