भारतमा कोरोना भाइरसको सङ्क्रमण भयावह बनिरहेकाे छ । लगातार ८ औं दिन पनि भारतमा ३ लाख भन्दा धेरै जनामा कोरोना संक्रमण देखिएको छ ।
गएको २४ घण्टामा ३ लाख ७९ हजारभन्दा धेरैलाई भाइरसको सङ्क्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस्तै यो अवधिमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ ।
भारतको महाराष्ट्रमा मात्रै झण्डै एक हजार जनाको मृत्यु भउको छ । यस्तै, पछिल्लो २४ घण्टामा राजधानी दिल्लीमा झण्डै २६ हजारलाई सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पश्चिम बङ्गालमा १७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ३ लाख ६ हजार पुगेको छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण २ लाखभन्दा धेरैको मृतयु भएको छ ।