Aafno Khabar

विहे र व्रतवन्धमा बढीमा १५ जना सहभागि हुन पाउने

  • आफ्नो खबर
  • April 27, 2021 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधिभर विहे र व्रतवन्धको हकमा बढीमा १५ जना सहभागि हुन पाउने भएका छन् ।

विहे र व्रतवन्ध गर्नको लागि जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य गरिएको छ ।

बैशाख १६ गते विहानदेखि बैशाख २२ गते मध्यरातीसम्म जारी निषेधाज्ञामा सो नियम पालना गर्न प्रशासनले आदेश दिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासनले संयुक्त विज्ञप्ती जारी गर्दै सो नियम पालना गर्न आग्रह गरेका हुन् ।