Aafno Khabar

पदमुक्त भए गृहमन्त्री थापा, सांसद पद पनि खारेज

  • आफ्नो खबर
  • April 18, 2021 प्रकाशित

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । राष्ट्रिय सभा सचिवालयले आइतबार उनको सांसद पद खारेज भएको सूचना जारी गरेको हाे ।

२०७४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा वागमती प्रदेशबाट थापा राष्ट्रियसभामा निर्वाचित भएका थिए । त्यसपछिमात्र नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको थियो ।

बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्ने बताइएको छ ।