Aafno Khabar

४ सांसदले ह्वीप उल्लंघन गरेपछि जाेगियाे कर्णाली प्रदेशका मुख्यमन्त्रीकाे पद

  • आफ्नो खबर
  • April 16, 2021 प्रकाशित

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिएका छन् । जसमा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् ।

शाहीकाे विपक्षमा मतदान गरेकाे एमालेका ४ सांसदले ह्वीप उल्लंघन गरेका हुन् ।

एमालेका अमर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा, प्रकाश ज्वालाले फ्लाेर क्रस गरेका हुन् ।

यी चार जनामाथि नेकपा एमालेले कारबाहीकाे तयारी गरिरहेकाे छ । उनीहरुले कारबाही भाेग्न तयार भएकाे प्रतिक्रिया दिएका छन् ।

कर्णाली प्रदेशमा माओवादी नेता महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेका थिए । शाहीको पक्षमा कांग्रेस र माओवादी मिल्दा पनि बहुमत जुट्ने अवस्था थिएन । तर माधव नेपाल पक्षका ४ सांसदले नेकपा एमालेले गरेकाे ह्वीप उल्लंघन गरेका थिए ।