Aafno Khabar

हावाहुरीसहित वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • April 16, 2021 प्रकाशित

काठमाडाैं । हाल देशमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बादली र बाँकी भू-भागमा आंशिक बादली भइरहेकाे छ । शुक्रबार प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख छ ।