काठमाडौं । आज प्रदेश १ बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भएर केही स्थानमा हलका वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी बायुको प्रभावका कारण केही दिनदेखिको धुम्म आज पनि कायम रहने छ । काठमाडौंको मौसम सामान्यतया सफा रहे पनि केही दिनदेखिको प्रदुषण आज पनि कायम रहने महाशाखाले जनाएको छ ।