Aafno Khabar

सुन तोलाको ९० हजार ९ सय

  • आफ्नो खबर
  • February 12, 2021 प्रकाशित

काठमाडौं । सुन आज तोलाका ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो भाउ हिजोको भन्दा ६ सय रुपैयाँले कम हो ।

यस्तै, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर १३ सय २० रुपैयाँ पुगेको छ ।