Aafno Khabar

कांग्रेसको बैठक : आन्दोलन घोषणा गर्ला कि चुनावमा जाने निर्णय ?

  • आफ्नो खबर
  • December 24, 2020 प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार पनि जारी रहने भएको छ । बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा बैठक बस्ने स्रोतले जनाएको छ ।

बुधबारको बैठकपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठकले संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गर्ने बताउनुभएको थियो ।

बैठकमा चुनावमा जाने कि आन्दोलनमा भन्ने विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको थियो । देउवा पक्ष चुनावमा सहभागी भएर कांग्रेसलाई आएको अवसर उपयोग गर्नुपर्ने पक्षमा छ भने पौडेल समूह आन्दोलनमा जानुपर्ने अडानमा छ ।