काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने बताउनुभएको छ ।
सापकोटाले संसद विघटनबारे ४ दिनपछि बुधबार विज्ञप्ति जारी गरी संविधानको धारा ७६ अनुसार प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरिएको जिकिर गर्नुभएको हो ।
यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको उल्लेख गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :