Aafno Khabar

प्रचण्ड–माधव पक्षीय नेकपाको संसदीय दलको नेतामा प्रचण्ड

  • आफ्नो खबर
  • December 23, 2020 प्रकाशित

काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन हुनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गर्नुभएको थियो ।

उपस्थित सांसदहरुले उक्त प्रस्ताव सर्वसम्मतले अनुमोदन गरेका हुन् ।