काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलबीच १ घण्टा भेटवार्ता भएको छ । बुधबार बालुवाटारमा ओली र बादलबीच एक घण्टा छलफल भएको हो ।
मंगलबार प्रचण्डसँग भेटेपछि बादल नेता बामदेव गौतमसँग छलफल गर्न भैँसेपाटी पुग्नुभएको थियो । पूर्व माओवादीबाट मन्त्री बन्नुभएका बादलले नेकपा विभाजनपछि कुनै पक्षसँग हात मिलाउनुभएको छैन ।
प्रधानमन्त्री ओलीसँग के के विषयमा छलफल यो भन्ने खुलाइएको छैन ।