Aafno Khabar

ओलीलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही हुने, नेकपाको अध्यक्षमा नेपाल‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍

  • आफ्नो खबर
  • December 22, 2020 प्रकाशित

काठमाडौं । असंवैधानिक कदम चालेर देशलाई अस्थिरतातर्फ धकेलेको अभियोग लगाउँदै नेकपाले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आजका लागि ब‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ोलाएको केन्द्रीय कमिटी बैठकबाट ओलीलाई कारवाही हुनेछ ।

ओलीले आफ्नै पार्टीको स्पष्ट बहुमत रहेको प्रतिनिधिसभा विघटन गरेर देशमा राजनीतिक संकट निम्त्याएको आरोप दाहाल–नेपाल पक्षको छ । ओलीलाई अनुशाशनको कारबाही हुनेछ । ओली कारबाहीमा परेपछि रिक्त हुने एक अध्यक्षमा माधव नेपाललाई नियुक्त गर्ने तयारी दाहाल–नेपाल पक्षले गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको विधानमा दुई अध्यक्षको व्यवस्था रहेकोले रिक्त हुने स्थान नेपालले लिने बताइएको छ । दाहाल–नेपाल पक्षले ओलीलाई कारबाही गरेसँगै नेकपा औपचारिक रुपमा विभाजन हुने अडक गरिएको छ । नेताहरुले राजनीतिक रुपमा पार्टी विभाजन भैसकेको र विभाजनले कानुनी औपचारिकता पाउन मात्र बाँकी रहेको बताउँदै आएका छन् ।