काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले सोमबार देशवासीलाई सम्बोधन गर्ने हुनुभएकाे छ ।
संसद् विघटनसहित पछिल्ला राजनीतिक अवस्थाबारे र तोकिएको निर्वाचनबारे देशवासीलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।
टेलिभिजन र रेडियोमार्फत दिउँसो ३ बजे सम्बोधन हुने जनाइएकाे छ ।