Aafno Khabar

संसद विघटनविरुद्ध सर्वोच्चमा ९ वटा रिट पेश

  • आफ्नो खबर
  • December 21, 2020 प्रकाशित

काठमाडौं । प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा सर्वोच्चमा अहिलेसम्म ९ वटा रिट पेश भएका छन् । पेश भएका रिट मध्ये हालसम्म कुनै पनि दर्ता भएका छैनन्।

रिट पेश गर्नेमा अधिवक्ताहरु शुलभ खरेल, लोकेन्द्र वली, ज्ञानेन्द्र आरण, दिनेश त्रिपाठी, शालीकराम सापकोटा, मणिराज उपाध्याय, सन्तोष भण्डारी, कञ्चनकृष्ण न्यौपाने र कलमबहादुर खत्री रहेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले पनि संसद विघटनविरुद्ध रिट पेश गर्ने तयारी गरिरहेकाे स्राेतले बताएकाे छ ।