दाङ । दाङको पुरन्धाराको छहरामा पिकनिक गएको बेला टिकटक बनाउन पूलको सपोर्ट तारमा झुन्डिएका रमेश थापाकाे खसेर मृत्यु भएकाे छ । झोलुंगे पूलबाट खसेर शनिबार गम्भीर घाइते भएका रमेश थापाको उपचारका क्रममा शनिबार मृत्यु भएकाे हाे ।
टिकटक बनाउन झोलुंगे पूलको लठ्ठामा झुन्डिएका रमेश फर्कन नसक्दा त्यहीँबाट बबई नदीको बगरमा खसेका थिए । तत्काल उद्दार गरी प्रादेशिक अस्पताल तुलसीपुर लगिए पनि त्यहाँ उपचार संम्भव नभएपछी थप उपचारकालागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको थियो ।
पिकनिकमा रमाइलाे गर्ने क्रममा रमेश साथीहरुसहित झोलुंगे पुलमा पुगेर टिकटक बनाउन लागेका थिए । अरुले पुलमै टिकटक बनाए भने रमेश पूलको सपोर्ट तारमा झुन्डिएर टिकटक बनाउन तम्सिए । मदिरा सेवन समेत गरेका रमेश तारमा झुन्डिएर केहि तल पुगे, माथि फर्कन खोज्दा सकेनन् र बगरमा लडेका थिए ।