काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लाने निर्णय गरेको छ ।
बालुवाटारमा आइतबार बेलुकी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीका लागि सिफारिस गर्ने, केन्द्रीय कमिटी बैठक पुस ७ गतेका लागि बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।
नेकपा स्थायी कमिटी बैठकका निर्णयहरु
–ओलीलाई अनुशासनको कारवाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लग्ने, त्यसका लागि पुस ७ गते केन्द्रीय कमिटीको बैठक
–प्रधानमन्त्रीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त
–सोमबार १ बजे संसदीय दलको बैठक, ३ बजे स्थायी कमिटी बैठक
–पूर्वसभामुख कृष्ण बहादुर महारालाई स्थायी कमिटीमा मनोनयन