काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रावधानविपरित राष्ट्रपतिसमक्ष संसद् विघटनको प्रस्ताव गरेको जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताउनुभएकाे छ ।
एक भिडियो सन्देश जारी गरी भट्टराईले संविधानसभाबाट हामीले ल्याएको सुधारिएको प्रणालीको धज्जी उडेकाे बताउनुभएकाे छ ।
उहाँले भन्नुभएकाे छ ‘यो लोकतन्त्रको मर्म विपरित छ, संविधानको प्रावधान विपरित छ । नेकपाको दुई तिहाईको बहुमतको सरकार नजिक बन्दा पनि जुन ढंगको गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ, यो लोकतन्त्रको हितमा छैन ।’
उहाँले सबैतिरबाट ओलीको यस कदमको प्रतिवाद गर्न आह्वान पनि गर्नुभएकाे छ ।