Aafno Khabar

नेकपा स्थायी कमिटी बैठक आज, बैठक अघि सहमति जुटाउने ओलीको प्रयास असफल

  • आफ्नो खबर
  • December 20, 2020 प्रकाशित

फाइल तस्बिर ।

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबार बस्दैछ । बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति भैसकेको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली शनिबार दिनभरी सहमति जुटाउने प्रयासमा भेटघाट र परामर्शमा ब्यस्त हुनुभयो ।

सहमतिका लागि ओलीले पुष्पकमल दाहाल प्रचण्डलगायत पार्टीका अन्य नेताहरुसँगको भेटघाट गर्नु भएको थियो । प्रचण्ड निवास खुमलटारमै पुगेर ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि प्रचण्डले सो प्रस्ताव अस्विकार गनुर्भएको थियो । ओली र प्रचण्ड आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने संभावना देखिएको छैन ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो भने मंसिर १३ को बैठकमा ओलीले फेरि प्रचण्डमाथि गम्भीर आरोपसहित प्रत्युत्तर दिनुभएको थियो । यसपछि नेकपाभित्रको विवाद थप चर्किरहेकाे छ ।