काठमाडौं । बीबीसी स्टुडियोको फर्म्याटमा आधारित विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ विथ द स्टार्स नेपाल’ को उपाधि सुमी माेक्तानले जितेकी छन् ।
यस्तै फस्र्ट रनरअप बुद्ध लामा र केविका खत्रीको जोडी भएको छ भने प्रियना आचार्य (मुन्नी)को जोडी सेकेण्ड रनरअप भएका छन् ।
शनिबार भएको ग्राण्ड फिनालेमा सुमी मोक्तान र भिजु पार्कीको जोडीले उपाधि हात पारेका हुन् । हिमालय टेलिभिजन एचडीबाट प्रशारण भएको उक्त ‘शो’को फाइनलमा ३ जोडी प्रवेश गरेका थिए । फाइनलमा बुद्ध लामा र केविका, प्रियना आचार्य र सुभम भुजेल, सुमी मोक्तान र विजु पार्कीले प्रतिस्पर्धा गरेका थिए ।
विजेताले २० लाख नगद र ट्रफि जितेका छन् ।