काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दोस्रो बजारमा सेयरको खरिद बिक्री गर्दा लाग्दैआएको ब्रोकर कमिसन घटाउन निर्देशन दिनुभएको छ । शुक्रबार धितोपत्र बोर्ड, नेप्से र सिडिएससीका अधिकारीहरु अर्थमन्त्रालयमा बोलाएर पौडेलले यस्तो निर्देशन दिनुभएको हो ।
पूँजीबजार बढ्दै र बिस्तार हुँदै गएको बताउँदै अर्थमन्त्री पौडेलले अहिलेको समस्या समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।
हाल सेयर कारोबार गर्दा ०.४० प्रतिशत देखि ०.६० प्रतिशतसम्म ब्रोकर कमिसन लाग्दै आएको छ । लगानीकर्ताहरुले यसलाई ०.२५ प्रतिशतसम्ममा झार्नुपर्ने माग गर्दैआएका छन् ।