काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ। यसअघि सोमबार र मंगलबार समान १ सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य बुधबार ८ सय रुपैयाँले बढेको छ।
बुधबार ८ सय रुपैयाँले बढेको छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार ६५० रुपैयाँ रहेको छ । बुधबार चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ३० रुपैयाँ बढेको चाँदीको मूल्य १२ सय ३० रुपैयाँ कायम भएको छ ।