काठमाडौं । काठमाडौं उपत्यकामा जाडो झन् बढेको छ । सोमबार चार डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको उपत्यकामा मंगलबार तीन डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान साढे ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको महाशाखाका मौसमविद्ले जानकारी दिएका छन् ।
हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली भने छैन । मौसम खुला भएका कारण चिसो बढिरहेको छ ।