Aafno Khabar

पीएसजी लियोनसँग पराजित

  • आफ्नो खबर
  • December 14, 2020 प्रकाशित

फ्रेन्च लिग वान अन्तर्गत आइतबार रातिको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लियोनसँग पराजित भएको छ । घरेलु मैदानमा पीएसजी एक शून्य गाल अन्तरले पराजित भएको हो ।

लियोनका टिनो काडेवेरेले निर्णायक गोल गरे । खेलमा पीएसजीका फरवार्ड नेयमार घाइते भए । उनको घुँडामा चोट लागेको बताइएको छ ।

इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा नेयमारमाथि गम्भीर फल गरेपछि रेफ्रीले लियोनका थियागो मेन्डेसलाई रातो कार्ड देखाएका थिए ।

यो हारपछि पीएसजी शीर्षस्थानबाट तेस्रो स्थानमा झरेको छ । शीर्षस्थानको लिलको २९ तथा दोस्रो स्थानको लियोनको पनि २९ अंक नै रहेको छ । पीएसजीको २८ अंक रहेको छ ।