Aafno Khabar

अभिनेत्री श्वेता खड्काको विवाह, को हुन् उनका पति ?

  • आफ्नो खबर
  • December 3, 2020 प्रकाशित

काठमाडाैं । अभिनेत्री श्वेता खड्काको विवाह हुने भएको छ । उनको विवाह यही महिनाको २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग हुने तय भएको हो ।

विवाह कार्डमा छापिए अनुसार उनीहरूको गोकर्ण फरेष्ट रिसोर्टमा विवाह हुने भएको हो ।

यसअघि मंसिर ५ गते उनको विवाह हुने हल्ला चलेको थियो । तर, पछि यो असत्य साबित भयो ।

२२ गते हुने विवाह श्वेता खड्काको दोश्रो विवाह हो । उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर, श्रीकृष्ण श्रेष्ठको सोही वर्ष साउन २५ गते मृत्यु भएको थियो ।