काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा हुनुभएको छ ।
ब्यास नगरपालिकाको बुल्दी खोलामा बसेको पुल उद्घाटनका लागि जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार पक्राउ पर्नुभएको थियो ।
व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अवरोध गरेको थियो । प्रशासन लगाएर उद्घाटन रोक्ने प्रयास भएपछि त्यसको विरोधमा पौडेलले जनस्तरीय भेलालाई सम्बोधन गर्ने तयारी गर्नुभएको थियो । त्यहीक्रममा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो ।
पौडेललाई नियन्त्रणमा लिएको खबर सार्वजनिक भएपछि नेपाल कांग्रेसले रिहा नगरे देशव्यापी प्रदर्शन गर्ने चेतावनी दिएको थियो ।
साँझ जिल्ला प्रहरी कार्यालय तनहुँले पाैडेललाई रिहा गरिएको जानकारी दिएको हो ।
व्यास नगरपालिकाले उक्त पुल बुधबार दिउँसो १ बजे वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम राखेको थियो तर नेकपा निकट राष्ट्रिय युवा संघले रोकेपछि विवाद भएको थियो ।