Aafno Khabar

चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन तत्काल नहुने

  • आफ्नो खबर
  • December 2, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ ।

काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको यातायात व्यवस्था कार्यालयले जनाएको हो ।

गत चैतदेखि कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गरेका छैनन् । सरकारले गत चैतमा बन्दाबन्दी गरेपछि असारसम्म कार्यालय ठप्प थियो । असारदखि भने कार्यालयले अनुमतिपत्र वितरण र नवीकरण सुरु गरेको थियो ।