काठमाडाैं । मंगलबार देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली वा पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् ।
महाशाखाका अनुसार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ र राति राति गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।