काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङहे स्वदेश फिर्ता भएका छन् ।
बिहान १० बजे काठमाण्डौ आएका उनी दिनभरि भेटवार्तामा व्यस्त रहे । साँझ उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटरामा प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा दुईदेशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री ओलीले सन् २०१६ मा चीन भ्रमणका क्रममा आफूले गरेको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय सम्झौता कार्यान्वयनका क्रममा रहेको जानकारी गराएका थिए ।
चिनियाँ रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए । त्यहाँ उनले सेनाले दिएको सम्मान गारद ग्रहण गरेका थिए ।