काठमाडाैं । बुधबार वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
महाशाखाले जारी गरेको बुलेटिनका अनुसार पश्चिमी वायुकाे प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा सामान्य खालको पानी पर्ने सम्भावना पनि रहेको छ । बाँकी ठाउँको मौसम आंशिकदेखि सामान्य खालको बद्ली हुने सम्भावना छ ।
राति वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा सामान्य बद्ली रही प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।