Aafno Khabar

दोलखाको भीमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना

  • आफ्नो खबर
  • November 24, 2020 प्रकाशित

काठमाडाैं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको शिलामा मंगलबार पसिना आएको दोलखा जिल्ला प्रशासनले जानकारी दिएको छ ।

मूर्तिमा पसिना आएपछि मन्दिरका पूजारीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई खबर गरेका थिए । यसका साथै बाजागाजासहित मन्दिरमा गुठियारहरुले पूजाआजा गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

जिल्ला प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखहरु भीमसेन मन्दिर पुगी महाप्रसाद राष्ट्रपति कहाँ पठाउने तयारी गरेको जनाएको छ । शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ ।