काठमाडौं । सुनको मूल्य मंगलबार एक हजार ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । सोमबार ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेको हो ।
त्यस्तै, तेजाबी सुन पनि एक हजार ८ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।
महासंघले चाँदीको मूल्य पनि घटेको जनाएको छ । चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो । चाँदीको मूल्य प्रतितोला एक हजार एक सय ८० रुपैयाँ कायम भएको छ ।