Aafno Khabar

काठमाडाैं उपत्यकाकाे न्युनतम तापक्रम १० डिग्री सेल्सीयस

  • आफ्नो खबर
  • November 7, 2020 प्रकाशित

काठमाडाैं । देशभर न्यूनतम तापक्रम घटिरहेको छ । तापक्रम घटेपछि चिसो बढ्न थालेको छ ।

शनिबार बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौसहित देशभर नै चिसो बढेको महाशाखाले जनाएको छ ।

न्यूनतम तापक्रम घट्दै गएकाले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बन्न थालेको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ ।

महाशाखाका अनुसार देशभर खुलेर घाम लाग्ने सम्भावना छैन । पूर्वी तराईका जिल्लामा आज दिउँसो पनि हुस्सु लाग्ने सम्भावना छ । अरु ठाउँको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।