Aafno Khabar

प्रचण्डले बोलाएको सचिवालय बैठकमा पोखरेल, थापा र पौडेल गएनन्

  • आफ्नो खबर
  • November 6, 2020 प्रकाशित

फाइल तस्विर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सकिएको छ। कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको बैठकमा प्रधानमन्त्रीसहित अन्य तीन सदस्य गएनन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा बादल र महासचिव विष्णुप्रसाद पौडेल अनुपस्थित भए ।

बैठकमा प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

प्रधानमन्त्री ओलीलाई जानकारी दिएर प्रचण्डले धुम्बाराहीमा बैठक बोलाएका थिए । धुम्बाराही छलफल सकेर प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न जाने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ ।