फाइल फोटो ।
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड साेमबारदेखि दैनिक तीन घण्टा बन्द गरिएको छ । वर्षायाममा विभिन्न स्थानमा झरेको पहिरो हटाउन चार दिनसम्म सडक बन्द गरिएको हो ।
बिहीबारसम्म बुटवलको चिडियाखोलादेखि बर्तुङसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
गत असारदेखि परेको वर्षाले पाल्पा–बुटवल खण्डको ३० भन्दा बढी स्थानमा पहिरो खसेको छ ।